Market Closed

मिर्मिरेले नागबेली लघुवित्तलाई एक्वायर गर्ने

26 Feb,2020
  • Acquisition_2_26_2020_12_45_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागबेली लघुवित्तलाई गाभ्ने (एक्वायर) भएको छ । दुवै कम्पनीबीच यस सम्बन्धी सम्झौतापत्रमा मंगलवार (फागुन १३ गते) हस्ताक्षर भएको हो । हाल मिर्मिरेको केन्द्रीय कार्यालय काभ्रेपलान्चोकको बनेपामा र नागबेलीको झापाको बिर्तामोडमा रहेको छ । 
 
यसअघि मिर्मिरे, किसान र नागबेली मर्जमा जाने सहमति गरेका थिए । तर यो मर्जर प्रक्रिया भाँडिएपछि फेरि मिर्मिरेले नागबेलीलाई एक्वायर गर्न लागेको हो । किसान लघुवित्त भने यो प्रक्रियाबाट बाहिरिएको छ । गत वैशाखमा ३ कम्पनी मर्जमा जाने निर्णय गरेका कारण हाल मिर्मिरे र नागबेली दुवैको सेयर कारोबार रोक्का छ । अब एक्विजिसन प्रक्रिया सम्पन्न भएपछि मात्र सेयर कारोबार खुल्नेछ ।

यता, मिर्मिरेले स्वेडा लघुवित्तलाई पनि एक्वायर गर्दैछ । मिर्मिरे लघुवित्तका कम्पनी सचिव तुलसीराम पाठकले यसअघिको मर्जर प्रक्रिया बिथोलिएकाले मिर्मिरेले नागबेलीलाई एक्वायर गर्न अर्को नयाँ सम्झौता गरिएको नेपाली पैसालाई जानकारी दिए । 
 
हाल मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, नागबेली लघुवित्तको हाल चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । सेयर स्वाप अनुपात भने खुलाइएको छैन । 

 

 
 
 
 

Post Your Comment