Market Closed

नगाबेलीको एजीएम माघ २६ मा, बोनसपछि हकप्रद ल्याउने

14 Jan,2020
  • agm_n_1_14_2020_10_14_08.jpg
नेपाली पैसा
 
काठमाडौं : नागबेली लघुवित्त वित्तीय संस्थाले माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको १० औं सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २६% बोनस सेयर र कर प्रयोजनको लागि १.३६% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ ।

बोनस वितरणपछि नागबेलीको चुक्ता पुँजी २१ करोड १२ लाख ७६ हजार १७० पुग्नेछ । बोनस वितरणपछि चुक्ता पुँजीको ४ बराबर १ (२५%) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 
संस्थाले सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक समूहको सेयर स्वामित्व ५१% कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि सेयर स्वामित्व परिवर्तन गर्न लागिएको हो ।

लघुवित्तले एक पटकमा संस्थापक समूहको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्नेछ । कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । किसान र मिर्मिरेसँग मर्जर भाँडिएपछि लघुवित्तले अन्य लघुवित्तहरुसँगको मर्जर अथवा एक्विजिसन प्रक्रिया सुरु गर्न लागेको हो । 

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनार्थ संस्थाले माघ १३ गते बुक क्लोज गर्नेछ । माघ १२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ता लाभांशको हकदार हुनेछन् । 

Post Your Comment