Market Closed

सेयर बजारमा म्युचुअल फन्डहरुको यस्तो देखियो रणनीति

02 Nov,2019
  • mutual_im2_11_2_2019_8_03_04.jpg
समिर गौतम  
 
काठमाडौं : पुँजी बजारमा सक्रिय १८ वटा म्युचुअल फन्डले असोज मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस महिना अधिकांश फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । त्यस्तै, बैंक मौज्दात र सूचीकृत सेयरमा लगानी पनि कम भएको छ । निरन्तर रुपमा सेयर बजार ओरालो लागेकाले त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डमा देखिएको हो । यस्तै, असोजमा दशैंको माहोलले गर्दा सेयर कारोबार प्रभावित हुँदा पनि फन्डहरुलाई केही असर परेको छ ।

म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । लगानी गरेका कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएकाले फन्डहरुको खुद सम्पति मूल्यमा पनि गिरावट आएको हो । सेयर बजारमा गिरावट आएपछि कपितयले बैंकमा निक्षेप जम्मा गर्ने क्रम पनि बढाएका छन् । म्युचुअल फन्डले सेयर बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिन्छ । बजार घटेका बेला किन्ने र निकै बढ्दा बेचेर बजारको गतिलाई सन्तुलित पार्ने यिनीहरुको प्रमुख काम हो ।

यससँगै आम लगानीकर्ताको लगानी सुरक्षित गरी आकर्षक मुनाफा दिन सक्नुलाई म्युचुअल फन्डहरुको सफलताका रुपमा हेर्ने गरिन्छ । यद्दपि, व्यवहारमा भने अहिलेसम्म यस अपेक्षा अनुसार काम हुन सकेको देखिंदैन । सेयर बजार घटेका बेला म्युचुअल फन्डहरुले पनि लगानी घटाएका देखिन्छन् । सेयर बजार लगातार घटिरहँदा म्युचुलअ फन्डहरुले पनि बैंक निक्षेपतर्फ लगानी बढाउने र त्यसबाट प्राप्त हुने ब्याज लगानीकर्तालाई लाभांशका रुपमा बाँड्ने धेरैको रणनीति रहेको देखिन्छ । बैंक निक्षेपमा राख्ने क्रम बढ्नुले पनि यसलाई पुष्टि गर्छ । 
 
१० म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घट्यो
 
भदौको तुलनामा असोज महिनामा १० म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । बाँकी ८ वटाको प्रतिइकाई खुद सम्पतिको मूल्य बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य ८२ पैसाले घटेको छ ।



एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को खुद सम्पति मूल्य भने ११ पैसाले बढेको छ । यो फन्ड कात्तिक २ गते परिपक्क भएको छ ।
 
अधिकांश फन्डको सूचीकृत सेयरमा लगानी घट्यो, कसको कति ?
 
असोज मसान्तमा अधिकांश फन्डहरुले सूचीकृत सेयरमा लगानी घटेको छ । १८ म्युचुअल फन्डमध्ये १२ वटाको सेयर लगानी अघिल्लो महिनाको भन्दा घटेको हो ।



सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ को लगानी ४ करोड ६६ लाख ९३ हजार रुपैयाँले कम भएको छ । यो फन्ड परिपक्क भएकाले खारेजीमा लैजान सेयर लगानी घटाएको हो ।
 
बैंक मौज्दात कति ?
 
असोज मसान्तमा १२ वटा म्युचुअल फन्डको बैंक मौज्दात घटेको छ । यस अवधिमा सबैभन्दा धेरै एनएमबि ५० को बैंक मौज्दात ९ करोड १६ लाख ८ हजार रुपैयाँले घटेको छ ।



सबैभन्दा बढी बैंक मौज्दातमा जम्मा गर्ने म्युचुअल फन्ड पनि एनएमबि ५० रहेको छ । यसले बैंक मौज्दातमा १ अर्ब १० करोड ७९ लाख रुपैयाँ राखेको छ ।
 

Post Your Comment