नेपाल बैंकले तहल्का मच्चायो, एक अर्ब १६ करोड खुद नाफा, ७१ रूपैयाँ ७६ पैसा प्रतिसेयर आम्दानी

15 Nov,2016
  • nepal-bank-limited_11_15_2016_10_43_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तहल्का मचाएको छ । 
 
पहिलो तीन महिनामै एक अर्ब १६ करोड ६० लाख ८४ हजार रूपैयाँ खुद नाफा गरेर नाफामा तहल्का पिटेको हो । नेपाल बैंकले गत वर्षको यही बेलाको तुलनामा नाफा करिब दुई सय ६३ गुणाले बढाउन सफल भएको हो ।
 
 गत वर्ष असोज मसान्तसम्ममा बैंकको खुद नाफा जम्मा ४४ करोड ४३ लाख ६६ हजार रूपैयाँमात्र थियो । यो नाफा रकम गत वर्षको भन्दा ७२ करोड १७ लाख १८ हजार रुपैयाँले धेरै हो । 
 
६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बंंैकको जगेडा कोषमा भने एक अर्ब ५३ करोड ४५ लाख १२ हजार रुपैयाँ छ । कुनै बेला ठूलो अंकले नेगेटिभ रहेको जगेडा कोषमा अहिले सुधार गरी एक अर्ब ५३ करोडभन्दा माथि पुर्याउन सक्नुलाई निकै ठूलो सफलता मानिएको छ । 
 
यद्दपि, चुक्ता पुँजीको आधारमा हेर्दा यो जगेडा कोष त्यति राम्रो भने होइन । लगानीकर्ता आकर्षित गर्न बैंकले जगेडा कोषलाई मजबुत भने अझै ठूलो मेहनत गर्नुपर्ने देखिन्छ । गत वर्ष यही बेला बैंकको जगेडा कोष दुई अर्ब १४ करोड ७४ लाख २५ हजार रुपैयाँले नकारात्मक थियो । 
 
यसआधारमा बैंकले गरेको सुधारलाई भने मान्नु नै पर्छ । त्यसो त नेपाल बैंकले वित्तीय अवस्था सकारात्मक बनाउन गैरबैंकिङ सम्पति बिक्री गर्ने कार्य तीब्र बनाइरहेको छ । 
 
नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर पनि बिक्री गरेको छ । 
 
बैंकले व्यापारको आयातन फराकिलो बनाउँदै लगेको छ । निक्षेप ७७ अर्बबाट बढाएर ८६ अर्ब २२ करोड ३७ लाख ७२ हजार पु¥याउन बैंक सफल भएको छ । यसैगरी, नेपाल बंैकले यसअवधिमा ६६ अर्ब तीन करोड १२ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा बढोत्तरी गर्दा व्यापार पनि बैंक आक्रामक ढंगले अघि बढिरहेको छ भनेर बुझ्न सकिन्छ । 
 
बैंकको समग्र नाफामा ब्याज आम्दानीको महत्वपूर्ण योगदान देखिन्छ । बैंकले यसअवधिमा खुद ब्याज आम्दानी ह्वात्तै बढाएर एक अर्ब १७ करोड ४३ लाख ७९ हजार रूपैयाँ पुर्याएको छ ।
 
 जबकी गत वर्ष यही बेला खुद ब्याज आम्दानी जम्मा ६९ करोड ९१ लख ९० हजार रूपैयाँमात्र थियो । यसआधारमा बैंकले खुद ब्याज आम्दानीमा पनि गत वर्षको भन्दा ४७ करोड ५१ लाख ८९ हजार रूपैयाँ बढोत्तरी गरेको हो । 
 
प्रोभिजनमा झन्डै १८ करोड  छुट्याउँदा करिब सात करोड राइट ब्याक भएको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी ७१ रूपैयाँ ७६ पैसा पुगेको छ । यो प्रतिसेयर आम्दानीले भने लगानीकर्तालाई लोभ्याउन सक्ने देखिन्छ । 
 
प्रतिसेयर आम्दानी ह्वात्तै बढ्दा मूल्य आम्दानी अनुपात वित्तीय विवरण अनुसार जम्मा ७.२९ गुणामात्र छ । यो मूल्य आम्दानी अनुपातले बैंकको सेयर किन्न निकै सुरक्षित रहेको बुझिन्छ । 
 
बैंकको खराब कर्जा अनुपात भने अलि बढी नै छ । बैंकले खराब कर्जा ३.१० प्रतिशत निकालेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १२३ रूपैयाँ ६१ पैसा छ ।