Market Closed

प्राइम र एनसीसी बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?

19 Jan,2021
  • debenture_1_19_2021_3_28_51.jpg
नेपाली पैसा

काठमाडौं : प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २१ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८.७५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ । 
 
यता, एनसीसी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । 
 
यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेडले गर्नेछ । एनसीसीको यो ऋणपत्रमा रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । 
 
 

Post Your Comment