Market Closed

एनसीसी बैंकको लिलामी सेयर बोलपत्र आइतबार सार्वजनिक गरिंदै

30 Oct,2020
  • Auction_8__10_30_2020_10_11_35.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्सुरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयर लिलामीको बोलपत्र आइतबार (कात्तिक १६ गते)  खोलिने भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा उपत्यका बाहिरबाट आवेदन दिनेको बिहान ११.३० बजे र उपत्यकाबाट आवेदन दिनको बोलपत्र दिउसो १२ बजे खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक असोज २ गतेबाट कात्तिक ६ गतेसम्म बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर बिक्री खुला गरेको थियो । 
 
 
 

Post Your Comment