नेपाली पैसा
काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले माघ ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा १०.२७% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
यता, एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ ।
साधारण सभा एनसीसीको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट पनि सभामा भाग लिन सकिनेछ । सभा गर्न बैंकले पुस २१ गते बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।