Market Closed

म्युचुअल फन्डको पैसा सेयर बजारमा छ कि बैंकमा ?

01 Dec,2019
  • mutual_im_g_12_1_2019_6_07_39.jpg
इशारा कोइराला 
 
काठमाडौं : पुँजी बजारमा सक्रिय १८ वटा म्युचुअल फन्डले कात्तिक मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस महिना केही फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मिश्रित देखिएको छ । कतिपयको न्याभ घट्ने क्रम अझै जारी छ । सेयर बजार निरन्तर ओरालो लागेकाले त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डको न्याभमा देखिएको हो । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् ।

लगानी गरेका कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएकाले फन्डहरुको खुद सम्पति मूल्य पनि ह्रासोन्मुख देखिएको हो । सेयर बजारमा गिरावट आएपछि कपितयले बैंकमा निक्षेप जम्मा गर्ने क्रम पनि बढाएका छन् । म्युचुअल फन्डले सेयर बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिन्छ । बजार घटेका बेला किन्ने र निकै बढ्दा बेचेर बजारको गतिलाई सन्तुलित पार्ने यिनीहरुको प्रमुख काम हो ।
 
यससँगै आम लगानीकर्ताको लगानी सुरक्षित गरी आकर्षक मुनाफा दिन सक्नुलाई म्युचुअल फन्डहरुको सफलताका रुपमा हेर्ने गरिन्छ । यद्दपि, व्यवहारमा भने अहिलेसम्म यस अपेक्षा अनुसार काम हुन सकेको देखिंदैन । सेयर बजार घटेका बेला म्युचुअल फन्डहरुले पनि लगानी घटाएका देखिन्छन् । सेयर बजार लगातार घटिरहँदा म्युचुलअ फन्डहरुले पनि बैंक निक्षेपतर्फ लगानी बढाउने र त्यसबाट प्राप्त हुने ब्याज लगानीकर्तालाई लाभांशका रुपमा बाँड्ने धेरैको रणनीति रहेको देखिन्छ ।

बैंक निक्षेपमा राख्ने क्रम बढ्नुले पनि यसलाई पुष्टि गर्छ । यद्दपि, म्युचुअल फन्डहरुको यस्तो कार्यलाई सकारात्मक रुपमा लिन सकिंदैन । सेयर बजारलाई सन्तुलन राख्न भूमिका निर्वाह गर्ने उद्देश्यसहित यिनीहरुलाई विशेष सहुलियत दिइएको हो । आइपीओमा आरक्षण, कर छुट दिइनुको औचित्य पुष्टि हुन सकेको छैन ।

यद्दपि, यसपटक १८ वटा म्युचुअल फन्डमध्ये ७ वटाको मात्र बैंक निक्षेप बढेको छ भने ११ वटाले घटाएका छन् । यसको अर्थ विस्तारै बजार घटेको मौकामा म्युचुअल फन्डहरुले विस्तारै सेयर बजारमा लगानी गर्न थालेको अनुमान लगाउन सकिन्छ । 
 
७ फन्डको न्याभ बढ्यो, धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डको 
 
कात्तिक महिनामा ७ फन्डले न्याभ बढाएका छन् । सबैभन्दा धेरै न्याभ बढाउनेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ रहेको छ । यसको न्याभ एक महिनाको अवधिमा ११ पैसाले बढेर १० रुपेयाँ ६४ पैसामा आएको छ । यो नै सबैभन्दा धेरै न्याभ भएको म्युचुअल फन्ड पनि हो ।



नबिल इक्विटी फन्ड, एनआइबीएल प्रगति फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को न्याभ असोज मसान्तकै जति (घटबढ नभएको) रहेको छ । तर ८ म्युचुअल फन्डको न्याभ भने घटेको छ । ३ वटाको भने न्याभ स्थीर छ । 
 
७ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढ्यो 
 
कात्तिक मसान्तसम्म आइपुग्दा ७ वटा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी बढेको छ । सबैभन्दा धेरै सेयरमा लगानी बढाउनेमा एनएमबि ५० रहेको छ । यसको लगानी २३८.२०% ले बढेर १६ करोड ३७ लाख ४६ हजार ६६३ रुपैयाँ पुगेको छ ।



गत महिनादेखि सञ्चालनमा आएकाले यसको सूचीकृत कम्पनीको सेयरमा लगानी अत्याधिक बढेको हो । धेरै सूचीकृत कम्पनीमा लगानी गर्नेमा सिद्धार्थ इक्विटी फन्ड पनि रहेको छ । यसले ९७ करोड २० लाख ४ हजार ९७७ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । यता, ११ फन्डको भने सेयरमा लगानी घटेको छ । 
 
७ फन्डको बैंक मौज्दात बढ्यो, ११ वटाको घट्यो 
 
कात्तिक मसान्तसम्म आइपुग्दा वटा म्युचुअल फन्डको बैंक मौज्दात बढेको छ । सबैभन्दा धेरै बढ्नेमा ग्लोबल आइएमई समुन्नत योजना १ रहेको छ । यसको बैंक मौज्दात १७५.८२% ले बढेको छ । सबैभन्दा धेरै बैंक मौज्दात एनएमबि ५० को ९७ करोड ३३ लाख ८२ हजार २९८ रुपैयाँ बैंक मौज्दात रहेको छ ।



गत महिनादेखि सञ्चालनमा आएकाले यसको बैंक मौज्दात उच्च रहेको छ । यता, कात्तिक मसान्तसम्म आइपुग्दा ११ फन्डको बैंक मौज्दात घटेको छ । सामान्यतयः सेयर बजारमा लगानी बढाउँदा बैंक मौज्दात (निक्षेप) घट्ने र सेयरमा लगानी घटाउँदा बैंक निक्षेपमा वृद्धि हुने गर्छ । 

Post Your Comment