Market Closed

पूर्व अर्थराज्य मन्त्री रुप ज्योति पक्राउ, २ करोड ७० लाख ठगेको आरोप

08 Nov,2019
  • rup_jyoti_11_8_2019_11_50_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : पूर्व अर्थराज्य मन्त्री रुप ज्योति पक्राउ परेका छन् । बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । सिल्क एयरको विमानबाट साँझ ८.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका उनलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको थियो । 
 
उनीमाथि २ करोड ७० लाख ठगी गरेको आरोप लागेको छ । पूर्व मन्त्री समेत रहेका ज्योति प्रतिष्ठित व्वसायी पनि हुन् । ठगी आरोप लागेका ज्योतिविरुद्ध जिल्ला अदालतले यसअघि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबाट जोगिन उनी सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले पनि उनको पक्षमा फैसला गर्न अस्वीकार गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
 
उनीमाथि विभिन्न व्यक्तिहरूलाई ठगेको आरोप लागेको छ । ल्यान्डमार्क हाउजिङका नाममा पनि ठगी गरेको आरोप लागेको छ । उक्त हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो । त्यसपछि उनी मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए । त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो ।  
 
 

Post Your Comment