Market Closed

सुन र चाँदीको मूल्य घटेर हुँदैछ कारोबार, आज शुक्रबारको भाउ यस्तो

08 Nov,2019
  • gold_660-1_11_8_2019_1_18_24.jpg
नेपाली पैसा 
 
काठमाडौं : बिहीबार उकालो लागेको सुनको मूल्य शुक्रबार फेरि घटेको छ । शुक्रबार छापावाला सुनको भाउ ७ सय रुपैयाँले घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ७ सय रुपैयाँले नै घटेर ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।



बिहीबार तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँमा आइपुगेको छ । चाडपर्व सकिएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको माग केही घट्ने गर्छ । मंसिर लागेपछि विवाहको सिजन सुरु हुने भएकाले फेरि माग बढ्ने व्यवसायीहरु बताउँछन् । यद्दपि, बजार भाउ भने अन्तर्राष्ट्रिय मूल्यका आधारमा कायम हुने गर्छ । 
 

Post Your Comment