Market Closed

सेयर बजार तालिम आइतबारबाट नेपाली पैसामा सुरु हुँदैछ, छुट्ला है !

08 Nov,2019
  • training-banner_np_11_8_2019_2_09_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारको महत्वपूर्ण ज्ञान हासिल गर्ने भनेकै नेप्से घटेका बेलामा हो । बजार तल झरेका बेला सेयर खरिदबिक्री गर्न त्यति चटारो पर्दैन । यस्तो बेला राम्रो अध्ययन गरेर लगानी गर्न सक्ने बजार बुलिस भएका बेला मनग्ये लाभ लिन सकिन्छ । त्यतिमात्र होइन, धेरैमा बजार बढेका बेला मात्र कमाउन सकिन्छ भन्ने भ्रम हुन्छ । तर बजार घटेका बेलामा पनि कमाउनेहरु पर्याप्त हुन्छन् । नेप्से सूचक घट्दैमा सबै कम्पनीमा गरिएको लगानी घाटामा पनि जाँदैन ।

बजार घटेका बेला सकेसम्म कमाउने त्यति नगर्न नसके पनि नोक्सानबाट जोगिन सकिन्छ । तर यसका लागि सही निर्णय लिन सक्नुपर्छ । कस्ता कम्पनीमा लगानी गर्दा नाफा कमाउन सकिन्छ ? लगानीका महत्वपूर्ण सिद्धान्तहरु के–के हुन् ? अब सेयर बजार कहिले बढ्ला ? तपाईंको मनमा पनि यस्तै–यस्तै जिज्ञासाहरु आइरहेका होलान् ।
 
यदि, यसो हो भने अब चिन्ता लिइरहनु पर्दैन । तपाईंको यी तमाममा जिज्ञासा समाधान गर्न नेपाली पैसाले फेरि एकपटक सुरु गर्दैछ, आइतबार कात्तिक २४ गतेदेखि २६ गते मंगलबारसम्म सेयर बजार तालिम । प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म नेपाली पैसाको कार्यालय पानीपोखरी, काठमाडौंमा सञ्चालन हुनेछ तालिम। सेयर बजार तलमाथि गरिरहन्छ । बजार घट्दा होस् वा बढ्दा, कसरी सुरक्षित लगानी गर्ने अनि कसरी अधिकतम लाभ लिने भनेर सिकाउनु तालिमको प्रमुख उद्देश्य हुनेछ । 
 
सेयर बजारको आधारभूत ज्ञान हासिल गरेर लगानी गर्न सकिएमा धेरै नोक्सानी हुनबाट पनि जोगिन सकिन्छ ।  सरकारले पुँजी बजार विकासका लागि नीतिगत तथा कानुनी सुधारका कार्य गरेको छ । सेयर बजार प्रविधिमैत्री बन्ने तरखरमा छ । तथापि, सेयर बजारमा प्रवेश गर्नुअघि सैद्धान्तिक र केही व्यवहारिक ज्ञान पनि हासिल गर्न अनिवार्य हुन्छ ।
 
लगानी रणनीति कसरी तय गर्ने ? कम्पनीहरुको छनोट कसरी गर्ने, लगानी कुन समयमा कुन अनुपातमा गर्दै जाने भन्ने बारेमा पनि तालिममा विस्तृतरुपमा सिकाइनेछ । यसबाहेक थुप्रै आधारभूत, सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा पनि सहभागीले सिक्न सक्नेछन् । तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठ हुन् । ४४१०४८७, ४४१०४८८ र ९८०१११३१२४ मा कल गरेर पनि तालिमका बारेमा थप जानकारी लिन सक्नुहुनेछ । 

सेयर तालिमका बारेमा विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस् । 

Post Your Comment