Market Closed

पुँजी वृद्धिको दबाब चिलिमेको प्रतिसेयर आम्दानीमा, नाफा १८.९८% ले घट्यो

15 Nov,2019
  • chilime-hydropower-company-ltd_8_12_2018_10_23_11.jpg
नेपाली पैसा

काठमाडौं : पुँजी वृद्धिको असर चिलिमे हाइड्रोपावरको प्रतिसेयर आम्दानी देखिएको छ । चुक्ता पुँजी २०% बढ्दा कम्पनीको नाफा घटेको छ । अनि सँगै प्रतिसेयर आम्दानी पनि तल झरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८९ पैसाले घटेर १८ रुपैयाँ २४ पैसामा आएको छ । गत वर्ष बोनस दिएपछि चुक्ता पुँजी वृद्धि भएको हो । 
 
असोज मसान्तसम्म आइपुग्दा खुद नाफा १८.९८% ले घटेर २१ करोड ७० लाख ३० हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसै अवधिमा चिलिमेले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बिजुली बिक्रीबाट हुने आम्दानी घटेकाले यसको असर खुद नाफामा परेको हो ।

यसअवधिमा बिजुली बेचेर हुने आम्दानी २.९४% ले घटेर ३५ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ २ सय रुपैयाँ ०४ पैसा छ । चिलिमेले गत वर्षको नाफाबाट २५% लाभांश घोषणा गरेको छ । लाभांश पारित गर्न मंसिर ११ गते साधारण सभा हुँदैछ । 

 

 

Post Your Comment