Market Closed

सीडीएसबाट विदा भए गुप्ता, कञ्चन सापकोटालाई जिम्मेवारी

02 Dec,2019
  • dev_prakash_gupta_12_2_2019_1_45_04.jpg
 नेपाली पैसा
 
काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । सोमबारदेखि उनलाई कामु जिम्मेवारी दिइएको हो । सापकोटा सीडीएसकै वरिष्ठ कर्मचारी हुन् । आइतबार निर्वतमान सीइओ देव प्रकाश गुप्ताले राजीनामा दिएसँगै उनलाई सोमबारदेखि कार्यभारको जिम्मेवारी दिइएको सीडीएसका सूचना अधिकृत सुरेश न्यौपानेले नेपाली पैसालाई जानकारी दिए । 
 
गुप्ताको कार्यकाल गत कात्तिक १० गते नै सकिए पनि सीडीएस सञ्चालक समितिले उनलाई वैकल्पिक व्यवस्था नहुँदासम्म नियमित काम कारवाही गर्ने गरी जिम्मेवारी दिएको थियो । तर उनले आइतबारबाट छाडेका हुन् । 
 
नयाँ कामु सीइओ सापकोटा सीडीएसकै ‘अपरेसन्स सेक्सन’ मा कार्यरत थिइन् । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीइओको जिम्मेवारी दिइएको न्यौपानेले जानकारी दिए । अब खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ । 

Post Your Comment