Market Closed

सेयर तालिम नेपाली पैसामा आइतबारबाट सुरु हुँदैछ, लगानीका बेजोड मन्त्रहरु सिक्ने अवसर

02 Dec,2019
  • text_12_4_2019_11_10_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा कसरी सुरक्षित लगानी गर्ने ? बजार बढ्दा अधिकतम लाभ लिन सक्ने अनि घट्दा न्यून मात्र क्षति व्यहोर्ने उपाय के होला ? कस्ता कम्पनीमा लगानी गर्ने अनि ती कम्पनी छान्ने प्रमुख आधार के ? पक्कै पनि तपाईंको मनमा पनि यस्तै जिज्ञासाहरु होलान ? 
 हो, आम लगानीकर्तालाई सेयर बजार सम्बन्धी यी र यस्तै चासोका विषयमा जानकारी अभिवृद्धि गराउने उद्देश्यले नेपाली पैसाले फेरि एक पटक आयोजना गर्दैछ, सेयर बजार तालिम । यही मंसिर २२ गते आइतबारदेखि २४ गते मंगलबारसम्म सञ्चालन हुने तालिममा सेयर बजारका महत्वपूर्ण आधारभूत, सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइनेछ ।
 
बजारका प्रमुख प्राविधिक पक्षहरुका बारेमा पनि लगानीकर्ताले सिक्न सक्नेछन् । तालिम नेपाली पैसाको कार्यालय पानीपोखरीमा साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । तालिमका प्रशिक्षक डा. केशवप्रसाद श्रेष्ठ रहेका छन् । थप जानकारीका लागि ४४१०४८८ वा ९८०१११३१२४ मा सम्पर्क गर्नुहोस् ।

आफ्नो नाम दर्ता गर्न तथा कोर्षका बारेमा थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस् । 

Post Your Comment