Market Closed

सिभिल बैंकको २० लाख ३० हजार कित्ता सेयर लिलामी खुल्यो, सर्वसाधारणले पाउने

10 Dec,2019
  • Auction_8_1_12_12_10_2019_11_36_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिभिल बैंकले आज मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ ।

आवेदकले न्यूनतम वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन पुस ९ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा खोलिनेछ ।  

 सिभिल बैंकको संस्थापक सेयर लिलामी सम्बन्धी विस्तृत सूचना यहाँ क्लिक गरेर हेर्नुहोस् । 
 
 
 

Post Your Comment