Market Closed

बीस करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र खुल्दै, वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

15 Dec,2019
  • nepal-rastra-bank-122222_12_15_2019_12_39_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ । यस ऋणपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीले आवेदन दिन सक्नेछन् । ऋणपत्र पुस १ गतदेखि २१ गतेसम्म बिक्री खुला हुनेछ । यसको सावाँ भुक्तानी मिति २०८१ पुस २७ गते रहेको छ । वैदेशिक रोजगार बचतपत्र २०८१ (५ वर्ष) अवधिको लागि जारी गर्न लागिएको हो । यसमा १०% ब्याजदर तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।
 
ऋणपत्रको ब्याजदर ६–६ महिनामा भुक्तानी हुनेछ । यो ऋणपत्र घटीमा ५ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँले भाग गर्दा निःशेष जाने गरी आव्हान गरिएको रकमसम्मको आवदेन गर्न पाइनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेछ । 

Post Your Comment