श्री एयरलाइन्सले बुधबारदेखि जनकपुर उडान गर्ने

14 Jan,2020
  • shree_1_14_2020_5_19_57.jpg

 
काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले बुधबार (माघ १ गते) देखि जनकपुरमा नियमित उडान सुरु गर्ने भएको छ । श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उक्त गन्तव्य उडान भर्नका लागि श्री एयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ ।

कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सीआरजे २०० र दुई  सिआरजे ७०० गरी ५ वटा जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान सुरु गरेको थियो । 
 
रासस

Post Your Comment