सनराइज बैंकले खरिद गर्ने भएपछि सिर्जना फाइनान्सको सेयर कारोबार रोकियो

23 Jan,2020
  • acquire_img_1_23_2020_12_45_46.jpg
नेपाली पैसा
 
काठमाडौं : सिर्जना फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । बिहीबार (माघ ९ गते) बाट नेप्सेमा यसको कारोबार रोकिएको हो । सनराइज बैंकले एक्वायर गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सिर्जनाको सेयर कारोबार रोक्का गरिएको हो । सनराइज बैंक र सिर्जना फाइनान्सबीच एक्विजिसन प्रक्रियामा जान माघ ८ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

अब एक्विजिसन प्रक्रिया नसकिएसम्म सिर्जनाको कारोबार रोक्का हुनेछ । त्यसपछि भने सनराइज बैंकको नामबाट सेयर कारोबार सुरु हुनेछ । अर्थात् सिर्जनाका लगानीकर्ता अब सनराइजका सेयरधनी हुनेछन् । डीडीए रिपोर्ट अनुसार अन्तिम स्वाप रेसियो तय हुनेछ । पछिल्लो समय वाणिज्य बैंकले विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई एक्विजिसन गर्ने क्रम बढेको छ । 



Post Your Comment