एयरबसको घाटा १ अर्ब ३६ करोड युरो, घुसखोरी काण्डमा ३ अर्ब ६० करोड युरो जरिवाना

14 Feb,2020
  • Airbus-flyov_2_14_2020_10_31_47.jpg
 
 
पेरिस : फ्रान्समा मुख्यालय रहेको विश्व प्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खुद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बताएको छ । घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो । 
 
कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको उल्लेख गरेको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा पनि करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ ।

“हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं र ग्राहकको विश्वास जित्न पनि सफल भएका छौं ।” एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए । एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुंग्याउन बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ ।
 
(रासस(एएफपी) 

Post Your Comment