Market Closed

टेलिकमको एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने, जरिवना नलाग्ने

25 Mar,2020
  • Nepal-Teleco_3_25_2020_10_07_27.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकलमले एडीएसएल तथा एफटीटीएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ । उसले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता गरेको छ । टेलिकमले पूर्ण लक डाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकलाई निरन्तर सेवा उपलब्ध गराउने भएको छ । यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लक डाउन अवधिभरका लागि थप गर्ने उसले बताएको छ ।
 
ल्यान्डलाइनको जरिवाना मिनाहा
 
यस्तै, कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महसुल भुक्तानी नभएको खण्डमा लाग्ने जरिवाना पनि लक डाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ ।
 
 

Post Your Comment