Market Closed

भारतमा २१ दिन लक डाउन : मोदीले हात जोड्दै भने, घरभित्रै बस्नुहोस्

25 Mar,2020
  • virus-outbreak-india_3_25_2020_10_22_54.jpg
 
 
 
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म लक डाउन गर्ने घोषणा गरेका छन् । मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लामो समयसम्म लक डाउन गर्ने घोषणा गरेका हुन् । ‘देशलाई बचाउनका निम्ति मंगलबार राति १२ बजेदेखि सम्पूर्ण देशभर लकडाउन सुरु हुँदैछ’, मोदीले भने, ‘घरबाहिर निस्कन पूर्णरुपमा निषेध हुनेछ ।’
 
मंगलबार राति १२ बजे सुरु भएको लक डाउन २१ दिनसम्म जारी रहनेछ । यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका थिए । भारतले सीमा नाका बन्द गरेको छ भने अन्तराष्ट्रिय उडानसमेत स्थगित गरेको छ ।’ विभिन्न राज्यले समेत आफ्नै हिसाबले लक डाउन घोषणा गरेका छन्’ सम्बोधनका क्रममा मोदीले भने, ’यसलाई संवेदनशील रूपमा लिइदिनुहोला ।’

कोरोना भाइरसबाट संक्रमित व्यक्ति सुरुमा सामान्य देखिने र कुनै पनि लक्षण नदेखाउने भन्दै उनले घरमा बस्न आग्रह गरेका छन् । उनले घरबाहिर जानु नै कोरोनालाई घरमा ल्याउने कदम हुने बताए । ‘म हात जोडेर प्रार्थना गर्छु कि यस समय तपाईंहरु जहाँ हुनुहुन्छ, उहीँ बस्नुहोस्’, मोदीको आग्रह छ । मोदीले आफूले प्रधानमन्त्रीको नाताले होइन, परिवारकै सदस्यको नाताले घरभित्र बस्न आग्रह गरेको बताए ।
 
एजेन्सी
 
 
 
 
 

Post Your Comment