Market Closed

बुधबार डलरको भाउ कति छ ?

25 Mar,2020
  • dollar_3_25_2020_10_59_58.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय निरन्तर रुपमा बढेर रेकर्ड ब्रेक गरेको डलरको भाउ बुधबार केही सम्हालिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । मंगलबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो । मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा पुगेको थियो । 
 
कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ लागेका हुन् । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् । डलरको भाउ चुलिंदा नेपाललाई फाइदा र बेफाइदा दुवै हुने अर्थविद्हरु बताउँछन् ।
 
 
 
 
 
 
 
 

Post Your Comment