Market Closed

लक डाउन उल्लंघन गर्ने ३०० सय सवारी साधन प्रहरी नियन्त्रणमा

25 Mar,2020
  • police_img_3_25_2020_11_12_26.jpg

 
 
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउन आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारी साधनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
 
घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए । मंगलबार मुलुकका विभिन्न ठाउँबाट १ हजारभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लक डाउन’ गरेको छ । 
 
रासस
 
 
 
 
 
 
 
 
 

Post Your Comment