Market Closed

अत्यावश्यक खाद्यवस्तु बेच्ने पसल खुला राख्न सरकारको आग्रह

25 Mar,2020
  • super_mrkt_3_25_2020_12_37_32.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्वाध रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ । लक डाउनको पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसलहरु समेत बन्द भएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कारोबार गर्ने पसलहरु बन्द गर्न नपर्ने स्पष्ट पारेको हो ।
 
यस्ता व्यवसाय सदाझैं निर्वाध रुपमा सञ्चालन गर्नसमेत उसले अनुरोध समेत गरेको छ । गृहका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु प्नि केही बन्द भएका देखिएका छन् ।’ तर बन्द गर्नुपर्दैन ।’ त्यस्तै, नेपाल–भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको समेत विज्ञप्तिमा उल्लेख छ । 


 
 
 
 

Post Your Comment