Market Closed

थप ३ जनामा कोरोना संक्रमण पुष्टि

21 May,2020
  • corona_2_5_21_2020_9_25_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । 

Post Your Comment