Market Closed

संविधान संशोधन गर्ने निर्णय, अब निशान छापमा नयाँ नक्सा समावेश हुने

22 May,2020
  • constitution_5_22_2020_2_20_45.png
नेपाली पैसा
 
काठमाडौं : सरकारले संविधान संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई नयाँ नक्सा अनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको छ ।

संविधानको अनुसूची ३ मा निशान छाप सम्बन्धी व्यवस्था छ । संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ ।सरकारले यही जेठ ५ गते भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । यसअघि नेपालको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरिएको थिएन ।
 

Post Your Comment