Market Closed

कोरोना रोग नियन्त्रणमा खटिने कर्मचारी बाहेक सबैको अतिरिक्त भत्ता खारेज

28 May,2020
  • arthamantr-2_5_28_2020_7_59_17.png
नेपाली पैसा
 
काठमाडौं : सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

उनले कोरोना रोकथाममा पहिलो पंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका बाहेक अन्य कर्मचारीले पाउने प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना तथा खाजा खर्च, जोखिमलगायतका सबै प्रकारका भत्ता आगामी साउन १ गतेदेखि खारेज गरिने बताएका छन् । 
 
 
 

Post Your Comment