Market Closed

११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुने, सर्किट र मूल्य सीमा लक डाउनअघिकै जस्तो

28 Jun,2020
  • NEPSE_building_6_28_2020_8_15_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सोमबार असार १५ गतेबाट सेयर बजार खुला गर्ने भएको छ । नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (४ घन्टा) सेयर कारोबार खुला गर्ने भएको छ । यसअघि समय थपेर दैनिक ५ घन्टा बनाइएकामा नेप्से त्यसलाई १ घन्टा घटाएर ४ घन्टा बनाएको हो ।

तर सर्किट ब्रेकर, मूल्य परिवर्तन सीमा भने लक डाउन सुरु हुनु अघि अर्थात चैत १० गतेभन्दा अघि कै नियमित व्यवस्था अनुसार हुनेछ । सेयर बजार खुला गर्न धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेले सोही अनुसार निर्णय गरेको हो । 

Post Your Comment