विद्युत वितरण प्रणाली सुध्रिकरण गर्न एडीबीले २२ अर्ब ऋण दिने

29 Jun,2020
  • ADB_nepalipaisa_6_29_2020_11_25_05.jpg
नेपाली पैसा

काठमाडौं : विद्युत आपूर्ति र वितरण प्रणालीको सुध्रिढीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ । नेपालले पछिल्ला केही वर्षमा विद्युत आपूर्तिको क्षेत्रमा ठूलो परिवर्तन गरेको भए पनि यसको विद्युत प्रसारण र वितरण प्रणाली बलियो बनाउन आवश्यक रहेको भन्दै एडीबीले यो ऋण स्वीकृत गरेको हो । 
 
एडीबीले विद्युत उत्पादनका प्रमुख केन्द्रहरू (जेनेरेसन हब) बाट धेरै विद्युत खपत हुने क्षेत्र (लोड सेन्टर) सम्म गुणस्तरीय विद्युत पुर्याउनुका साथै वितरण सञ्जालको क्षमता बढाउनुपर्ने पनि जनाएको छ । एडीबीले दिने यो ऋणबाट काठमाडौं उपत्यकासहित भरतपुर महानगरपालिका तथा पोखरा महानगरपालिका क्षेत्रको विद्युत आपूर्ति प्रणालीको क्षमता अभिवृद्धि गरिनेछ । प्रदेश नं २ का २०% गरिब घरधुरीलाई राष्ट्रिय ग्रिडमा जोड्न पनि यो रकम खर्च गरिनेछ । यो कार्यक्रम दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गत जोडिएको छ । 
 

Post Your Comment