Market Closed

सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’, २० मिनेटको लागि कारोबार स्थगित

29 Jun,2020
  • NEPSE_building_6_11_2020_6_06_37.jpg
नेपाली पैसा

काठमाडौं : लामो समयपछि खुलेको सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । सेयर कारोबार खुला भएको पहिलो घण्टामा ४% ले बजार ओरालो लागेपछि २० मिनेटको लागि कारोबार रोकिएको छ ।  ११ बजेर ४० मिनेट जाँदा रोकिएको सेयर कारोबार अब १२ बजे खुल्नेछ । 

कारोबार खुलेको ४० मिनेटको अवधिमा नेप्से परिसूचक ४८.१७ अंक घटेर १ हजार १५३ दशमलव ४१ बिन्दुमा आएको छ । सेन्सेटिभ इन्डेक्स ३.४४% ले घटेर २५१ दशमलव ३६ को बिन्दुमा आएको छ ।
 

Post Your Comment