Market Closed

काठमाडौं बाहिर जानको लागि पास लिन नयाँ नियम

29 Jun,2020
  • kathmandu-jella_parsasan_F6lpijejcj_6_29_2020_1_52_56.jpg
नेपाली पैसा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ । जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ।
निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ । निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।
 

Post Your Comment