Market Closed

पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा आक्रमण, केही व्यक्तिको मृत्यु

29 Jun,2020
  • pakisan_6_29_2020_2_11_31.jpg
काठमाडौं : कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ । समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ ।
 
बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुंगिन बाँकी भएको जनाएका छन् । त्यसका निर्देशक अविद अलि हबिबले कार पार्किङबाट आक्रमणकारीहरू प्रवेश गरेका र उनीहरूले ’सबैमाथि गोली हानेको’ बताएका छन् । जियो टीभीले भवनको पछाडिको ढोकाबाट मानिसहरूलाई उद्धार गरिएको बताएको छ । बीबीसी
 

Post Your Comment