Market Closed

असारमै ऋण तिर्न बाध्य नपारिने, सक्नेलाई बुझाउन गभर्नरको सुझाव

09 Jul,2020
  • rbb-governor_7_9_2020_7_50_53.jpg
नेपाली पैसा 
 
काठठमाडौं : केन्द्रीय बैंकले व्यापार व्यवसाय बन्द भएर अप्ठेरोमा परेका ऋणीहरुलाई असारभित्रै कर्जाको साँवा र ब्याज तिर्न बाध्य नपारिने बताएको छ । तर सकेसम्म ब्याज तिर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । आगामी मौद्रिक नीतिका सम्बन्धमा सुझाव संकलन गर्न बिहीबार आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले क्षमता हुनेलाई ब्याज तिर्न आग्रह गरे । तर ऋण तिर्न नसकेकै आधारमा कसैलाई पनि समस्यामा नपारिने बताए ।

त्यसो त उद्यमी व्यवसायीहरुले केन्द्रीय बैंकलाई असारमै मौद्रिक नीति सार्वजनिक गर्न माग गर्दै आएका छन् । त्यति हुन नसके असारभित्रै बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । यता, केन्द्रीय बैंकले भने कर्जाको साँवा र ब्याज तिर्ने समय बढाउने सम्बन्धमा लचकता अपनाउने बताएको छ । यसअघि समय थपेर असार मसान्तसम्म पुर्याइएको छ । यसबीचमा पनि लक डाउन पूरै सहज नभएकाले अझै समय थपेर कम्तिमा पनि असोज मसान्तसम्म पुर्याउनुपर्ने उद्योगी व्यवसायीको माग रहेको छ । 
 

Post Your Comment