Market Closed

थप २२४ जनामा कोरोना संक्रमण, अरु ४ जनाको ज्यान गयो

31 Jul,2020
  • corona_3s_7_23_2020_4_40_12_7_30_2020_4_45_42_7_31_2020_4_48_26.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २५४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ जना पुगेको छ ।

यस्तै, कुल १४ हजार ३९९ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । शुक्रबार मात्रै १५१ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
 

Post Your Comment