Market Closed

सेयर लगानीकर्ता संघ नेपालले धितोपत्र बोर्डलाई प्रदान गर्यो मायाको चिनो

31 Jul,2020
  • love_1_7_31_2020_9_18_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर लगानीकर्ता संघ नेपालले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरेको छ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई शुक्रबार उक्त टोकन अफ लभ प्रदान गरेका हुन् । कार्यक्रममा सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, महासचिव जगन्नाथ पुडासैनी, सदस्यहरू अमर डंगोल, जिवन बहादुर भुसाल ‘क्षेत्री’, ईश्वरा लिंग्देन, मिलन जोशी लगायतको उपस्थिति रहेको थियो ।
 
धितोपत्र बोर्डले गत जेठ २५ गते वेविनारमार्फत २७ औं वर्ष पूरा गरी २८ औं वार्षिक उत्सव मनाएको थियो । बोर्डको २८ औं वार्षिक उत्सवकै समयमा उक्त मायाको चिनो दिने तयारी गरिएको भए पनि कोरोना भाइरस संक्रमणका कारण असहज परिस्थिति उत्पन्न भएको थियो ।



लक डाउनले गर्दा आवत जावतमा समेत असहज भएकाले साउन १६ गते शुक्रबार यो मायाको चिनो प्रदान गरिएको संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए । त्यस अवसरमा नेपाल इन्भेष्टर्स फोरमका पदाधिकारीहरू, धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल लगायतका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
 

Post Your Comment