Market Closed

बल्ल सम्हालियो सुनको भाउ

09 Aug,2020
  • golds_8_9_2020_11_21_18.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय लगातार बढेर अकासिएको सुनको भाउ आइतबार भने केही सम्हालिएको छ । आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ ।



यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने प्रतितोला १४ सय १० रुपैयाँ रहेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको थियो ।
 
 
 
 

Post Your Comment