Market Closed

नेप्सेले किन गर्यो ब्रोकर नम्बर ४४ लाई कारवाही ?

09 Aug,2020
  • NEPSE_building_8_9_2020_1_33_03.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाइनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ४४) लाई एक दिनका लागि निलम्बन गरेको छ । अड लटलाई टुक्र््याई कारोबार गरेकाले आइतबार एक दिन कारोबार गर्न नपाउने गरी निलम्बन गरिएको नेप्सेले जनाएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ५ विपरीत काम गरेको भेटिएकाले निलम्बन गरिएको नेप्सेले जानकारी दिएको छ ।

अब उप्रान्त यस्तो कार्य नगर्न समेत नेप्सेले सचेत गराएको छ । १ देखि ९ कित्तासम्मका सेयरलाई अड लट मानेर कारोबार गरिन्छ । त्यसबाहेक न्यूनतम १० कित्तासम्म कारोबार गर्न पाइन्छ । त्यसभन्दा कम गरेर टुक्र्याउन नपाइने व्यवस्था छ । तर यस ब्रोकर कम्पनीले १० कित्तालाई पनि टु्क्र्याएर कारोबार गरेको पाइएको नेप्सेको भनाई छ । 
 
 
 
 
 
 
 
 

Post Your Comment