Market Closed

यी हुन् ओटिसी मार्केटमा सूचीकृत भएका कम्पनीहरु

11 Aug,2020
  • otc_mrkt_8_11_2020_1_35_08.png
नेपाली पैसा
 
काठमाडौं : नेप्सेले ओभर द काउन्टर ‘ओटिसी’मार्फत् कारोबार गर्न पाउने कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । हालसम्म ओटिसी मार्केटमा १२३ वटा कम्पनी सूचीकृत छन् । दोस्रो बजारमा सूचीकृत नभएका तथा प्रचलित ऐन, नियम कानुन अनुसार पारदर्शी हिसाबले सेयर खरिद बिक्री गर्नुपरेमा ओटिसी बजारमा सूचीकृत हुन पाइन्छ । यसरी सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर खरिद बिक्री गर्नुपरेमा उनीहरु आफैंले खरिदकर्ता खोजेर आपसी सहमतिमा खरिद बिक्री गर्न पाउँछन् । तर, कारोबारका लागि नेप्सेले तय गरेका निश्चित मापदण्ड पालना गर्नुपर्छ । 
 
साविक एनआइडिसी डेभलपमेन्ट ‘ओटिसी’ मा सूचीकरण
 
नेप्सेले एनआइडीसीलाई सूचीकरणबाट हटाएसँगै ओटिसी मार्केटमा गएको छ । अब बैंकका सर्वसाधारण सेयरधनीले ‘ओटिसी’मार्फत् कारोबार गर्न पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलाई गाभेसँगै यसका सर्वसाधारण सेयरधनीको सेयर बिक्री गर्न पाएका थिएनन् । वाणिज्य बैंक सूचीकृत नभएकाले लगानीकर्ताको सेयर लामो समयदेखि बन्दक बनेको थियो । 
 

Post Your Comment