Market Closed

थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंका मात्रै ११० जना

11 Aug,2020
  • corona_nisdf_8_9_2020_4_40_10_8_10_2020_5_29_24_8_11_2020_4_37_40.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ ६३८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका ८ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ जना पुगेको छ ।



यस्तै, कुल १६ हजार ६६४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । मंगलबार १७१ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ रहेको छ ।
 

Post Your Comment