Market Closed

जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा बन्ने पक्का

15 Sep,2020
  • japan_9_15_2020_12_23_18.jpg
 
काठमाडौं : जापानको नयाँ प्रधानमन्त्रीमा अहिलेको सरकारका मुख्य सचिव योशिहिदे सुगा बन्ने पक्का भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले सुगालाई नयाँ नेता चुनेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारहरुमा प्रधामन्त्री सिन्जो आबे निकट रहेको बताइएको छ । सिन्जो आबेले गएको महिना स्वास्थ्य कारण प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेका थिए । प्रधानमन्त्री भएपछि सुगाले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।  
 
एजेन्सी
 

Post Your Comment