Market Closed

सूचक सामान्य दबाबमा पर्दा खरिदबिक्रीमा उत्साह कायमै

15 Sep,2020
  • bull_and_bears_9_15_2020_3_19_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सूचक सामान्य दबाबमा परेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्ने क्रम बढ्दा सूचक थोरै दबाबमा परेको हो । त्यसो त उनीहरुले बिक्री गरेका सेयर बजारमा राम्रोसँग खपत भइरहेको ब्रोकरहरुको भनाई छ । केही समययता सेयर कारोबारमा पनि उत्साह थपिएको छ । खरिदबिक्री रकम औसतमा राम्रो देखिएको छ । यसले पनि सर्वसाधारण लगानीकर्ता सेयर बजारप्रति थप आशावादी देखिएका हुन् । लाभांंश घोषणा समय विस्तारै नजिकिंदै गर्दा सेयर बजारमा चहलपहल बढ्नु स्वभाविक हो ।

भदौ–असोजलाई लाभांशको सिजनका रुपमा चिनिन्छ । अब कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेर साधारण सभा बलाउन थाल्छन् । सेयर बजारलाई यतिबेला वित्तीय प्रणालीमा रहेको सहज तरलताले राम्रो साथ दिएको छ । कर्जाको ब्याजदर एकल अंकमा आइसकेको अवस्था छ । यसले सेयर धितो राखेर कर्जा लिने क्षमता विस्तार भएको छ । यति हुँदाहुँदै पनि आम लगानीकर्ता आफ्नो सम्पति रहेको कम्पनीहरुको समग्र वित्तीय सूचकमा बारेमा जानकार हुन आवश्यक छ ।

मुख्य वित्तीय सूचकहरु अध्ययन गर्नुपर्छ । सेयर बजारको गति सधैं एकनासको हुँदैन भन्नेतर्फ पनि उत्तिकै सचेत हुन आवश्यक छ । नेप्से सूचक ४.४७ अंकले घटेर १५३६.०३ विन्दुमा आइपुगेको छ । १९१ कम्पनीको १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५४ लाख ५२ हजार ६७३ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ समूहको कारोबार भएकामा ३ वटा समूहका सूचक बढेका छन् भने बाँकी घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३ अंकले घटेको छ । 


 
दिव्यश्वरी हाइड्रोपावर, एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्सुरेन्स, खानीखोला हाइड्रोपावरको भाउ १०% ले बढेको छ । यता, माउन्टेन हाइड्रोपावरको भाउ सबैभन्दा धेरै ४.८५% ले घटेको छ । खरिदबिक्री रकममा ११ करोड २१ लाख रुपैयाँसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा कुमारी बैंक परेको छ । 

 

Post Your Comment