Market Closed

थप १४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु

15 Sep,2020
  • corona_9_15_2020_4_46_47.jpeg
नेपाली पैसा

काठमाडौं  : नेपालमा मंगलबार थप १४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ सय ५९ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परिक्षण गर्दा उनीहरुमा संक्रमाण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ । कुल संक्रमितमध्ये निको हुनेको दर ७१.५% रहेको मन्त्रालयले जनाएको छ । यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ ।
 

Post Your Comment