Market Closed

नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने

16 Sep,2020
  • Deposits_9_16_2020_8_39_09.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । यस कम्पनीले १ तथा २ वर्ष अवधिका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम र ब्याजदर तोकेर शिलबन्दी बुझाउनुपर्नेछ । ब्याज भुक्तानी अवधि पनि शिलबन्दीमा उल्लेख गर्नुपर्नेछ । वाणिज्य बैंकहरुले असोज ५ गते कार्यालय समयभित्र शिलबन्दी पेश गर्नुपर्नेछ । पुनर्बीमा कम्पनीले गत चैतमा आइपीओ निष्कासन गरेको हो । 

Post Your Comment