Market Closed

सीडीएसले गर्यो सेयर भर्दा पीन कोडको व्यवस्था

20 Sep,2020
  • mero-share-1280x720_9_20_2020_6_06_07.png
नेपाली पैसा

काठमाडौं : सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो सेयरमा पीन कोड प्रयोग गर्ने व्यवस्था मिलाएको छ । सीडीएसले मेरो सेयरलाई थप सुरक्षित बनाउन ४ डिजिटको पीन प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । मेरो सेयर सफ्टवयरमा रहेको माइआस्वा मार्फत सार्वजनिक निष्कासन भएका धितोपत्र खरिदका लागि आवेदन प्रविष्टि गर्दा हाल प्रयोग गर्नुपर्ने ओटीपीलाई प्रतिस्थापन गरिएको छ । अब लगानीकर्ताले पीन कोड प्रयोग गर्नुपर्नेछ । ४ डिजिटको पीन सेट गर्नका लागि मेरो सेयर प्रयोगकर्ताले पहिलो पटक ‘लगइन’ गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्नेछ । 
 

Post Your Comment