Market Closed

सुनको भाउ फेरि बढ्यो

16 Oct,2020
  • gold_img_10_8_2020_11_24_09.jpg
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ थियो । 


 
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने शुक्रबार स्थीर रहेको छ । बिहीबारको जस्तै शुक्रबार पनि चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

Post Your Comment