Market Closed

विश्वभर कोरोना संक्रमणको यस्तो छ पछिल्लो अवस्था

23 Oct,2020
  • coron_10_23_2020_12_01_52.jpeg
नेपाली पैसा
 
काठमाडौं  :  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड १९ लाख ९४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ४२ हजार ७४५ पुगेको छ । हालसम्म ३ करोड ११ लाख ८७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८६ लाख ६१ हजार ६५१ पुगेको छ । यहाँ हालसम्म २ लाख २८ हजार ३८१ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ७७ लाख ६१ हजार ३१२ संक्रमित हुँदा १ लाख १७ हजार ३३६ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५३ लाख ३२ हजार ६३४ जना संक्रमित हुँदा १ लाख ५५ हजार ९६२ जनाको मृत्यु भएको छ । रुसमा १४ लाख ६३ हजार ३०६ संक्रमित हुँदा २५ हजार २४२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १० लाख ९० हजार ५२१ पुगेको छ भने ३४ हजार ५२१ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १० लाख ५३ हजार ६५० संक्रमित हुँदा २७ हजार ९५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ९ लाख ९९ हजार ४३ संक्रमित हुँदा ३४ हजार २१० जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ९० हजार २७० संक्रमित हुँदा २९ हजार ६३६ जनाको मृत्य भएको छ । 
 
यता, पेरुमा ८ लाख ७९ हजार ८७६ जना संक्रमित हुँदा ३३ हजार ९८४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ७४ हजार १७१ जना संक्रमित हुँदा ८७ हजार ८९४ को मृत्यु भएको छ । बेलायतमा हालसम्म ८ लाख १० हजार ४६७ जना संक्रमित रहेका छन् ४४ हजार ३४७ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख १० हजार ५१५ जना संक्रमित हुँदा १८ हजार ८४३ जनाको मृत्यु भएको छ । 
 
इरानमा ५ लाख ५० हजार ७५७ जना संक्रमित हँदा ३१ हजार ६५० जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ९७ हजार १३१ जना संक्रमित हुँदा १३ हजार ७९२ को मृत्यु भएको छ । इटलीमा ४ लाख ६५ हजार ७२६ जना संक्रमित हुँदा ३६ हजार ९६८ जनाको मृत्यु भएको छ । जर्मनीमा ४ लाख ३ हजार ८७४ जना संक्रमित हुँदा १० हजार ४४ जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ९४ हजार ८२७ जना संक्रमित हुँदा ५ हजार ७४७ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४३ हजार ७७४ हजार संक्रमित हुँदा ५ हजार २५० जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख २६ हजार २१६ संक्रमित हुँदा ६ हजार ७१५ जनाको ज्यान गएको छ । 

नेपालमा भने अहिलेसम्म १ लाख ४८ हजार ५०९ जना संक्रमति फेला पर्दा १ लाख २ हजार ८२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८१२ जनाको भने मृत्यु भएको छ । जापानमा ९४ हजार ५२४ जना संक्रमित हुँदा १ हजार ६८५ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ७४७ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment