Market Closed

संसारभर ३ करोड १४ लाख जना कोरोनाबाट निको भए

24 Oct,2020
  • coron_10_24_2020_11_20_38.jpeg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ करोड २४ लाख ९० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ९६ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ११ लाख ४९ हजार २३७ पुगेको छ । हालसम्म ३ करोड १४ लाख २७ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ लाख ४६ हजार ९५३ पुगेको छ । यहाँ हालसम्म २ लाख २९ हजार २८४ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ७८ लाख १४ हजार ६८२ संक्रमित हुँदा १ लाख १७ हजार ९९२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५३ लाख ५५ हजार ६५० जना संक्रमित हुँदा १ लाख ५६ हजार ५२८ जनाको मृत्यु भएको छ । रुसमा १४ लाख ८० हजार ६४६ संक्रमित हुँदा २५ हजार २४२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ११ लाख १० हजार ३७२ पुगेको छ भने ३४ हजार ७५२ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १० लाख ६९ हजार ३६८ संक्रमित हुँदा २८ हजार ३३८ जनाको मृत्यु भएको छ । फ्रान्समा १० लाख ४१ हजार ४५ संक्रमित हुँदा ३४ हजार ५०८ जनाको मृत्यु भएको छ । कोलम्बियामा ९ लाख ९८ हजार ९४२ संक्रमित हुँदा २९ हजार ८०२ जनाको मृत्य भएको छ । 
 
यता, पेरुमा ८ लाख ८३ हजार ११६ जना संक्रमित हुँदा ३४ हजार ३३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ८ लाख ८० हजार ७७५ जना संक्रमित हुँदा ८८ हजार ३१२ को मृत्यु भएको छ । बेलायतमा हालसम्म ८ लाख ३० हजार ९९८ जना संक्रमित रहेका छन् ४४ हजार ५७१ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ७ लाख १२ हजार ४१२ जना संक्रमित हुँदा १८ हजार ८९१ जनाको मृत्यु भएको छ । 
 
इरानमा ५ लाख ५६ हजार ८९१ जना संक्रमित हँदा ३१ हजार ९८५ जनाको मृत्यु भएको छ । चिलीमा ४ लाख ९८ हजार ९०६ जना संक्रमित हुँदा १३ हजार ८४४ को मृत्यु भएको छ । इटलीमा ४ लाख ८४ हजार ८६९ जना संक्रमित हुँदा ३७ हजार ५६९ जनाको मृत्यु भएको छ । जर्मनीमा ४ लाख १७ हजार ३५० जना संक्रमित हुँदा १० हजार ९० जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म ३ लाख ९६ हजार ४१३ जना संक्रमित हुँदा ५ हजार ७६१ को मृत्यु भएको छ । साउदी अरबमा ३ लाख ४४ हजार १५७ हजार संक्रमित हुँदा ५ हजार २६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख २७ हजार ६३ संक्रमित हुँदा ६ हजार ७२७ जनाको ज्यान गएको छ । 
 
नेपालमा भने अहिलेसम्म १ लाख ५३ हजार ८ जना संक्रमति फेला पर्दा १ लाख ५ हजार ४८८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ८२९ जनाको भने मृत्यु भएको छ । जापानमा ९५ हजार १३८ जना संक्रमित हुँदा १ हजार ६९४ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८५ हजार ७७५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment