Market Closed

२४ घण्टामा ३३ सय ३६ जना निको हुँदा नयाँ २८ सय ५६ संक्रमित थपिए

25 Oct,2020
  • 222_10_25_2020_4_37_22.jpg
नेपाली पैसा 
काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय ५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५८ हजार ८९ पुगेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा ३३ सय ३६ जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ११ हजार ६७० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८४७ पुगेको छ ।

Post Your Comment