Market Closed

बैकिङ कसुरका फरार अभियुक्त पक्राउ

28 Oct,2020
  • banking_kasur_10_28_2020_9_31_42.jpg
झापा : अदालतबाट दुई महिना कैद र एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैकिङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईलाई एक महिना कैद र २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।
 
प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए । झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी दिए । प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइनेछ ।
 
रासस
 

Post Your Comment