Market Closed

दशैं विदापछि खुलेको सेयर बजारमा यसरी देखियो उमंग

28 Oct,2020
  • NEPSE_building_10_28_2020_12_54_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : दशैं विदापछि पहिलोपटक खुलेको सेयर बजारमा रौनकता देखिएको छ । बुधबार (यो समाचार तयार पार्दासम्म) नेप्से सूचक दोहोरो अंकले बढिरहेको छ । खरिदबिक्री रकममा पनि उत्साह देखिएको छ । केही करेक्सनपछि बजारले फेरि नयाँ रफ्तार लिएको हो । नेप्से सूचक १६ सय विन्दु माथि रहेको छ । विशेषगरी बैंकिङ समूहमा उत्साह देखिएको छ ।

बैंकहरुको सेयर भाउ बढेपछि सूचक पनि आकर्षक हिसाबले माथि लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । सोही कारण यतिबेला ब्याजदर सस्तो हुँदै गएको छ । बचत खातामा ब्याजदर २% हाराहारीमा झरिसकेको छ । यसले पनि सर्वसाधारण लगानीकर्ता सेयर बजारमा आकर्षित भएका हुन् ।



यसअघि दशैं खर्च जोहो र प्रथम त्रैमासको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने भएकाले बजार केही दबाबमा परेको थियो । बुधबार करिब १२ः५२ बजे आसपास सम्ममा नेप्से सूचक २३ अंकले बढिसकेको छ । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । वाणिज्य बैंक समूहको सूचक आकर्षक हिसाबले वृद्धि भएको छ ।  

 

Post Your Comment